२०८३ साउन १२ मंगलबार

नेपालमा पहिलो पटक एम्पोरियो आर्मानीको भव्य प्रवेश, दरबारमार्गमा फ्ल्यागशिप सोरुमको ग्रान्ड ओपनिङ हुदै

ई आर्थिक    बिहिबार, असार ५ २०८२
5.3K
Shares
नेपालमा पहिलो पटक एम्पोरियो आर्मानीको भव्य प्रवेश, दरबारमार्गमा फ्ल्यागशिप सोरुमको ग्रान्ड ओपनिङ हुदै

ई-आर्थिक, काठमाडौं । अब नेपाली लक्जरी फेसन प्रेमीहरूका लागि एक ऐतिहासिक अवसर आएको छ । विश्वभर चर्चित प्रिमियम लाइफस्टाइल ब्रान्ड एम्पोरियो आर्मानी  ले नेपालमा आफ्नो पहिलो फ्ल्यागशिप सोरुम सञ्चालनमा ल्याउँदैछ । २०२५ जुन २०, शुक्रबार, दरबारमार्गमा हुने भव्य उद्घाटनसँगै यो ब्रान्डले नेपालमा आधिकारिक रुपमा आफ्नो पाइला टेक्न गइरहेको छ ।

‘जे एण्ड को’, जुन नेपाली लक्जरी फेसन उद्योगमा एक विश्वासिलो र प्रतिष्ठित नाम हो,  एम्पोरियो आर्मानी को अधिकारिक आयातकर्ता र वितरक को रुपमा नियुक्त भएको छ । कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको फेसन अनुभव उपलब्ध गराउने उद्देश्यसहित दरबारमार्गमा ब्रान्डको पहिलो सोरुम स्थापना गर्न लागेको हो । यो अत्याधुनिक फ्ल्यागशिप स्टोरमा ब्याग, बेल्ट, जुत्ता, र फेसन एक्सेसरीहरू को विशेष संग्रह उपलब्ध हुनेछ, जुन ‘एम्पोरियो आर्मानी’  को समयभन्दा अगाडि सोच्ने डिजाइन, सजिलो तर सुरुचिपूर्ण शैली, र सर्वोत्तम गुणस्तर को परिचायक हुन् ।
‘जे एण्ड को’ का प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, “हामीले नेपाली बजारमा ग्लोबल लक्जरी ब्रान्ड ल्याउने सपना देखेका थियौं, र आज त्यो सपना साकार हुँदैछ । एम्पोरियो आर्मानी केवल फेसनको नाम होइन, यो जीवनशैली, आत्मविश्वास र परिष्कृत स्वादको प्रतिनिधित्व हो । दरबारमार्गको यो सोरुम नेपालको लक्जरी खुद्रा बजारमा नयाँ मानक स्थापित गर्नेछ ।”

यो ओपनिङसँगै, नेपाल पनि अब ती विशिष्ट मुलुकहरूको सूचिमा पुग्नेछ जहाँ उपभोक्ताहरूले एम्पोरियो आर्मानीका उत्पादनहरू आधिकारिक च्यानलबाट, पूर्ण मौलिकताको साथमा, प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । दरबारमार्गको स्टोरले फेसनको दुनियाँमा नयाँ ढोका खोल्नेछ — स्टाइल, शान र सेवा तीनै कुरा एकै छानामुनि समेटिनेछन् ।

२०२५ जुन २०, शुक्रबार, हुने उद्घाटन समारोहमा विभिन्न उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू, फेसनप्रेमीहरू, मिडिया प्रतिनिधिहरू, र सामाजिक सञ्जालका प्रभावशाली अनुहारहरूको उपस्थिति रहनेछ । यो केवल नयाँ स्टोरको सुरुआत होइन — यो नेपालको फेसन इतिहासमा एउटा महत्वपूर्ण मोड हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij