ई-आर्थिक, काठमाडौं । गण्डकी प्रदेश सरकारले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गण्डकी सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।
जसमा चालुतर्फ १२ अर्ब ६३ करोड, पुँजीगत १९ अर्ब ९ करोड, वित्तीय व्यवस्थापनतर्फ २५ करोड यस्तै वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड रहेको आर्थिक मामिलामन्त्री गुरुङले जनाएका छन्।
आगामी आर्थिक वर्ष २०८२/८३ को चालुतर्फ रू१२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगत तर्फ रू. १९ अर्ब ९ करोड३३ लाख २४ हजार अर्थात कुल विनियोजनको ५९.७ प्रतिशत र वित्तीयव्यवस्थातर्फ २५ करोड अर्थात कुल विनियोजनको ०.८ प्रतिशत रकम विनियोजित गरेको छ । साथै आगामी वर्ष रू १ करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारवाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू. ७ अर्ब ७३ करोड ८९. लाख, राजस्व बाँडफाँटबाट रू. ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ रु ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ रु ६३ करोड ९७. लाख र विशेष अनुदानतर्फ रू ४९ करोड ८६ लाख प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रू. ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने अनुमान छ । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू २ अर्व २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान गरेको छु। यसरी न्यून हुने रकम मध्ये रू १ अर्व ७५ करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको छ ।