ई-आर्थिक, काठमाडौं । आज आर्थिक वर्ष २०८२/२०८३को बजेट सातवटै प्रदेश सरकारले ल्याउदै छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान रहेको छ ।
सोहि अनुरुप सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
कोशी प्रदेशले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको हाराहारी बजेट ल्याउने भएको छ ।
मधेश प्रदेश सरकारले मधेशमा गत वर्षकै ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट हाराहारीको आकारको ल्याउने छ ।
साथै, बाग्मती प्रदेशले ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट ३२ अर्ब ७७ करोड आसपासको आउने जनाएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षमा ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याउने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । कर्णाली प्रदेश सरकारले आगामी आवका ३१ अर्ब ४१ करोड ४१ हजार हाराहरीमा बजेट ल्याउने छ ।