२०८३ साउन १२ मंगलबार

नेपालमा एम्पोरियो अरमानीको आधिकारिक आयातकर्तामा ‘जे एण्ड को’

ई आर्थिक    सोमबार, जेष्ठ २६ २०८२
4.4K
Shares
नेपालमा एम्पोरियो अरमानीको आधिकारिक आयातकर्तामा ‘जे एण्ड को’

ई-आर्थिक, काठमाडौं ।  विश्वप्रसिद्ध लक्जरी फेसन ब्रान्ड  एम्पोरियो अरमानीले नेपालमा आफ्नो आधिकारिक उपस्थिति सुनिश्चित गर्दै  ‘जे एण्ड को’ लाई नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता नियुक्त गरेको छ । यस साझेदारीसँगै नेपालको फेसन बजारमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको लक्जरी फेसन ब्रान्ड प्रवेश गर्न लागेको हो ।

एम्पोरियो अरमानी, इटालियन फेसन दिग्गज अरमानी ग्रुप  अन्तर्गतको एक प्रमुख शाखा हो, जसले आधुनिक जीवनशैली झल्काउने उत्कृष्ट डिजाईन र आकर्षक एक्सेसरीहरू प्रदान गर्दै आएको छ। युवावर्गदेखि व्यवसायिक वर्गसम्ममा लोकप्रिय यो ब्रान्डले विश्वभर लक्जरी फेसनको पर्यायका रूपमा आफ्नो पहिचान बनाएको छ ।

‘जे एण्ड को’ अब एम्पोरियो अरमानीको सम्पूर्ण उत्पादनहरूको आयात, वितरण र ब्रान्ड व्यवस्थापन गर्ने अधिकार प्राप्त कम्पनीको रूपमा नेपालमा परिचालित हुनेछ । कम्पनीले छिट्टै राजधानी काठमाडौंको प्रमुख व्यापारिक क्षेत्रमा उच्चस्तरीय शोरूम सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट नेपाली ग्राहकले अन्तर्राष्ट्रिय स्तरको लक्जरी खरीद अनुभव लिन सक्नेछन् ।

शुरुआती चरणमा, शोरूममा ट्राभल एक्सेसरी, ट्राभल एक्सेसोरीज, ब्याग, जुत्ता, वालेट तथा अन्य फेसन एक्सेसरीहरू उपलब्ध गराइनेछ । कम्पनीका अनुसार, आगामी चरणहरूमा ग्राहकको मागअनुसार अन्य उत्पादनहरू पनि थप गरिनेछ ।
‘जे एण्ड को’ का प्रवक्ताले भने, “एम्पोरियो अरमानी जस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो ।

नेपालमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डप्रति चासो र माग बढ्दो क्रममा छ, र हामीले ग्राहकलाई विश्वस्तरीय अनुभव दिने प्रतिवद्धता जनाएका छौं ।”

यो सहकार्यले नेपालको लक्जरी रिटेल बजारमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ। वैश्विक ब्रान्डहरू नेपाली बजारप्रति आकर्षित हुँदै जानु नेपालको उपभोक्ता शक्ति र फेसन चेतनाको विकासको स्पष्ट संकेत हो ।

शोरूम उद्घाटनको मिति तथा विस्तृत जानकारी छिट्टै औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij