२०८३ साउन १० आइतबार

बाढीले नेपाल-चीन सिमानाको सीमास्तम्भ पुर्‍यो

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०८२
2K
Shares
बाढीले नेपाल-चीन सिमानाको सीमास्तम्भ पुर्‍यो

ई-आर्थिक, सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल-चीन सिमानाको सीमास्तम्भ पुरिएको छ। अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला-१ किमाथांका नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हाे।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठका अनुसार बाढीले नेपाल-चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो।

भोटखोला-१ स्थित दोंगोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए। उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथांकाबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij