२०८३ साउन १० आइतबार

अत्तरिया-भ्यागुतेपानी सडक स्तरोन्नती हुँदै, दुई करोड ५४ लाखमा सम्झौता

ई आर्थिक    मंगलबार, जेष्ठ २० २०८२
2.3K
Shares
अत्तरिया-भ्यागुतेपानी सडक स्तरोन्नती हुँदै, दुई करोड ५४ लाखमा सम्झौता

ई-आर्थिक, कैलाली।  यहाँस्थित अत्तरिया-भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ। सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

भीमदत्त राजमार्गमा पर्ने सो सडकखण्डको मर्मत तथा स्तरोन्नतिका लागि आरडीआपीएसके जेभी नामक निर्माण कम्पनीसँग दुई करोड ५४ लाख रूपैयाँमा आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईँले जानकारी दिए।

उनका अनुसार सडकको सतह बचाउन हरेक पाँच वर्षमा पुनः सडक सुधार आवश्यक हुन्छ। कैलालीको गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोलामा भासिएको ३० मिटर सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ।

सडकखण्ड मर्मतका लागि जिएसआई हटैराज जेभी निर्माण कम्पनीसँग ६ करोडमा ठेक्का सम्झौता भएको थियो। ३०० मिटर सडक कालोपत्रका लागि आगामी आर्थिक वर्षमा ठेक्का हुन लागेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij