२०८३ साउन ९ शनिबार

कुवेत पठाइदिन्छु भन्दै ४ लाख ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    आइतबार, जेष्ठ १८ २०८२
3.7K
Shares
कुवेत पठाइदिन्छु भन्दै ४ लाख ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij