२०८३ साउन ९ शनिबार

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको अभूतपूर्व उचाइ : कृषि, उत्पादन, व्यापार, नवप्रवर्तनदेखि शिक्षामा नयाँ इतिहास

ई आर्थिक    मंगलबार, बैशाख ३० २०८२
13.9K
Shares
हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको अभूतपूर्व उचाइ : कृषि, उत्पादन, व्यापार, नवप्रवर्तनदेखि शिक्षामा नयाँ इतिहास

ई-आर्थिक, पोखरा । छोटो समयमै गुणस्तर र संख्यात्मक रूपमा उल्लेखनीय सफलता हासिल गर्न सफल हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले कृषि, उत्पादन, विक्रि तथा नवप्रवर्तनमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। नेपालकै शिक्षा क्षेत्रलाई नयाँ आयाम दिनेतर्फ अग्रसर यी संस्थाहरूले अब परम्परागत पठनपाठनमा मात्र सीमित नरही विद्यार्थीलाई विश्व प्रतिस्पर्धा, व्यवहारिक ज्ञान र नेपाली मौलिकता बुझाउने उद्देश्यसहित अध्यापन गराइरहेका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शैक्षिक कार्यक्रममा लगातार दुईपटक उत्कृष्ट हुन सफल हिमाल कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको परीक्षामा पनि उल्लेखनीय नतिजा दिँदै कीर्तिमान कायम गरेको छ।

कलेज र एकेडेमीको संयुक्त पहलमा हालैदेखि विद्यालय तहको शैक्षिक कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ। ‘पढाइ भनेको पाठ्यपुस्तक मात्रै होइन, बाहिरी संसार बुझ्न र आफूभित्रको सिर्जनशीलतालाई उजागर गर्न सक्ने माध्यम हो’ भन्ने ध्येयका साथ यहाँका विद्यार्थीहरू स्वयं विभिन्न व्यवसायिक र आविष्कार सम्बन्धी परियोजनामा संलग्न हुँदै आएका छन्।

कलेजका अध्यक्ष चेतनाथ भण्डारी भन्छन्, “अबको शिक्षा केवल डिग्रीको होइन, संस्कार, सीप र सिर्जनशीलता विकासको हुनुपर्छ। हामीले विद्यार्थीलाई आत्मनिर्भर बनाउने दिशामा लागेका छौं।”

क्याम्पस प्रमुख बिकल पौडेलका अनुसार, “हामीले पढाइलाई व्यवहारसँग जोड्ने काम गरिरहेका छौं। नेपालमा यस्तो शिक्षा प्रणाली आवश्यक छ जसले विद्यार्थीलाई पुस्तकमात्र होइन, जीवन बुझ्न सहयोग गरोस्।”

स्कूल निर्देशक कृष्ण गुरुङले भने, “शिक्षा भनेको अनुकरण होइन, नवप्रवर्तन हो। हाम्रो विद्यालयले विद्यार्थीलाई नेपालीपनको भावनासहित वैश्विक प्रतिस्पर्धाका लागि तयार पार्दैछ।”

स्कूल इन्चार्ज अलीना पराजुलीले थपिन्, “अबको शिक्षाले बालबालिकामा कल्पनाशीलता र समस्या समाधान गर्ने क्षमता विकास गर्नुपर्छ। हामी यही दिशामा काम गर्दैछौं।”

निवर्तमान क्याम्पस प्रमुख जनक पौडेलले भने, “शिक्षा क्षेत्रमा यस्तो बहुआयामिक पहल निकै दुर्लभ छ। डाइनामिक र हिमालको संयुक्त अभियानले भविष्यका नेतृत्वकर्ता तयार गर्नेछ।”

आउँदो असारको पहिलो साता ‘युवा र व्यवसाय’ शीर्षकमा युवासँग प्रत्यक्ष संवाद गर्ने विशेष कार्यक्रम पनि आयोजना हुँदैछ, जसमा विद्यार्थीले आफ्नै व्यावसायिक आइडिया र आविष्कार प्रस्तुत गर्नेछन्।

नेपालमा अब परम्परागत शिक्षा प्रणालीले मात्र पुग्दैन। बदलिँदो विश्व, उन्नत प्रविधि, र आफ्नै कला-संस्कृतिलाई जोगाउने उद्देश्यका साथ अगाडि बढेको हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको यो पहल देशकै लागि उदाहरणीय बन्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij