२०८३ साउन १० आइतबार

अझै घटेन् बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट थप ८० अर्ब खिच्दै राष्ट्र बैंक

ई आर्थिक    बुधबार, जेष्ठ १४ २०८२
3.4K
Shares
अझै घटेन्  बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट थप ८० अर्ब खिच्दै राष्ट्र बैंक

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज थप ८०अर्ब तरलता खिच्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै बुधबार ८० अर्ब खिच्ने भएको हो । केन्द्रीय बैंकले २१ दिने अवधिका लागि खिच्न लागेको जनाएको हो । यसका लागि बैंकले मध्यान्ह ३ बजे अनलाइन बोलकबोल गर्न सकिने जनाएको छ ।

बजारबाट राष्ट्र बैंकले गत आइतबार  पनि ३० अर्ब खिचेको थियो ।

२१ दिन अवधिको निक्षेप संकलन उपकरणको २०८२ असार ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन्।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् ।

निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले जनाएको छ ।

हाल बैंकिङ प्रणालीमा ६९ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले ५५ खर्ब ३७ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुसँग लगभग ६ खर्ब  ८३अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij