२०८३ साउन ९ शनिबार

त्रिभुवन विमानस्थलबाट सुन सहित पक्राउ

ई आर्थिक    मंगलबार, जेष्ठ ६ २०८२
2.3K
Shares
त्रिभुवन विमानस्थलबाट सुन सहित पक्राउ

ई-आर्थिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान सहित कास्की पोखरा महानगरपालिका-११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दिपक केसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij