२०८३ साउन १२ मंगलबार

अविरल वर्षाका कारण धसिएको पृथ्वी राजमार्गपर्ने कृष्णभिरको सडक मर्मत थालियो

ई आर्थिक    शुक्रबार, जेष्ठ २ २०८२
4K
Shares
अविरल वर्षाका कारण धसिएको पृथ्वी राजमार्गपर्ने कृष्णभिरको सडक मर्मत थालियो

ई-आर्थिक, चितवन। गत वर्षको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै धसिएको पृथ्वी राजमार्गको कृष्णभिरको सडक मर्मत थालिएको छ। सो सडकको करिब १०० मिटर लामो क्षेत्रमा दुई मिटर चौडा सडक ५० सेन्टिमिटर धसिएको थियो।

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार हाल सडकको स्तरोन्नति गरिरहेको निर्माण कम्पनी शर्मा जेडआईसीजी जेभीले नै मर्मतको काम थालेको हो। यही महिनाभित्रमा सक्नेगरी तिव्र गतिमा काम भइरहेको छ।

सडक विभागका इञ्जिनियर एवं विज्ञहरुको टोलीले अध्ययन गरेर मर्मतको काम थालिएको हो। बर्सातको पानी छिरेर सडक धसिएको विज्ञहरुले जनाएको उनले जानकारी दिए। नदीले कटान गरेर धसिएको हुनसक्ने अनुमान गरिएको भए पनि विज्ञहरुले पानी छिरेर धसिएको प्रतिवेदन दिएका थिए। यसलाई माइक्रोपाइलिङ र होरिजेन्टल रक एंकरिङ प्रविधिबाट मर्मत गरिँदै छ।

सो काम सम्पन्न भएसँगै नदीले खोलेको तलको भागको अध्ययन गरी मर्मतको काम गरिने नेपालले जानकारी दिए। सोही समयमा धसिएको सडकको फेदमा त्रिशूली नदीको बहावले खोलेको छ। सोही क्षेत्रमा विसं २०५६ देखि लगातार वर्षात्को समयमा पहिरो गएपछि विसं २०६४ मा पहिरो रोकथामको काम सकिएको थियो।

बायो इञ्जिनियरिङ र टेवा पर्खाल प्रविधिबाट पहिरो रोकिएको थियो। त्यसपछि यस क्षेत्रमा बाढी पहिरोबाट समस्या भएको थिएन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij