२०८३ साउन ९ शनिबार

गभर्नर नियुक्तिको गठित समितिमा अर्थविद् डा. पोषराज पाण्डे नियुक्त, यस्ता छन् ३० निर्णयहरु

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
2.5K
Shares
गभर्नर नियुक्तिको गठित समितिमा अर्थविद् डा. पोषराज पाण्डे नियुक्त, यस्ता छन् ३० निर्णयहरु

ई-आर्थिक, काठमाडौं ।  सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बैशाख २५ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय  पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका ३० वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले गभर्नर सिफारिस समितिमा पोषराज पाण्डेलाई चयन गरेको छ ।  मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको लागि सिफारिस गर्न २०८१ चैन ११ मा गठन गरेको सिफारिस समिति विघटन गर्ने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री, विष्णुप्रसाद पौडेल -संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी-सदस्य र आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट डा. पोषराज पाण्डे सदस्यलाई चयन गर्ने निर्णय गरेको हो ।

यस्ता छन् अन्य बैंठकका  निर्णयहरु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij