२०८३ साउन १० आइतबार

वाणिज्य बैंकहरुको जेठ महिनाकोलागि नयाँ व्याजदर सार्वजनिक, कुन बैंकको व्याजदर कति ?

ई आर्थिक    बुधबार, बैशाख ३१ २०८२
5.3K
Shares
वाणिज्य बैंकहरुको जेठ महिनाकोलागि नयाँ व्याजदर सार्वजनिक, कुन बैंकको व्याजदर कति ?

ई-आर्थिक, काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि स्थायी निक्षेप (एफडी) मा लागु हुने व्याजदर परिमार्जन गरेका छन्। अधिकांश बैंकले अघिल्लो महिनाको अर्थात् बैशाखको व्याजदर यथावत राखे पनि केही बैंकहरूले संशोधन गरेका छन्।

२० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले बैशाखको व्याजदरलाई यथावत राखेका छन् भने बाँकी ६ बैंकले ब्याजदरमा परिमार्जन गरेका छन्। तीमध्ये तीन बैंकले व्याजदर घटाएका छन् भने अन्य तीन बैंकले बढाएका छन्।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले सर्वाधिक कटौती गरेको छ। उक्त बैंकले व्यक्तिगत स्थायी निक्षेपमा लागु हुने ब्याजदर १ प्रतिशत बिन्दुले घटाएर बैशाखको ६.५० प्रतिशतबाट जेठमा ५.५० प्रतिशत पुर्‍याएको छ।

सिद्धार्थ बैंक लिमिटेड (एसबीएल) ले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ भने कुमारी बैंक लिमिटेड (केबीएल) ले ०.०१ प्रतिशत बिन्दुले झिनो कटौती गरेको छ। ब्याजदर बढाउने बैंकहरूमध्ये सनिमा बैंक लिमिटेड (सानिमा) अग्रस्थानमा रहेको छ। सानिमाले ०.३८ प्रतिशत बिन्दुले ब्याजदर वृद्धि गरेको छ।

त्यस्तै, नेपाल बैंक लिमिटेड (एनबीएल) ले ०.३० प्रतिशत बिन्दुले वृद्धि गरेको छ भने एभरेस्ट बैंक लिमिटेड (ईबीएल) ले ०.०३ प्रतिशत बिन्दुले झिनो वृद्धिसँगै ब्याजदर समायोजन गरेको छ।

त्यसैगरी, राष्ट्र बैंकिय बैंक लिमिटेड (आरबीबीएल) ले संस्थागत स्थायी निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाएको छ। आरबीबीले बैशाखमा ३.०० प्रतिशत रहेको दरलाई जेठमा ४.०० प्रतिशत पुर्‍याएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij