ई-आर्थिक, चितवन । इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फै खुलेको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिदा सडक अवरुद्ध भएको पछि एकर्फ सञ्चालनमा आएको थियो ।
अहिले यातायात दुबै तर्फ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका जानकारी दिए ।