ई-आर्थिक, काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका २९ निर्णयहरु सार्वजनिक भएका छन् । बैशाख १५ र १७ गते गरेको निर्णयहरु सार्वजनिक गरिएको हो ।
आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्ले मङ्गलबार १५ र बुधबार १४ वटा निर्णय गरेको थियो ।
बुधबार बसेको बैठकले नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८१/१२/११ गतेको निर्णयअनुसार गठित नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पद सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएकाले उनको सट्टा उक्त समितिका पूर्व गभर्नरहरुमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।
सरकारले अन्दोलनरत शिक्षकहरुसंग गरिएको ९ बुँदे सहमति पनि उक्त बैठकबाट निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु



