२०८३ साउन ९ शनिबार

काठमाडौंका निजी विद्यालयलाई छात्रवृत्ति व्यवस्थापन गर्न महानगरको निर्देशन, जेठको पहिलो साता समयसीमा

ई आर्थिक    बुधबार, बैशाख १७ २०८२
3.5K
Shares
काठमाडौंका निजी विद्यालयलाई छात्रवृत्ति व्यवस्थापन गर्न महानगरको निर्देशन, जेठको पहिलो साता समयसीमा

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ । त्यसका लागि महानगरले जेठको पहिलो साता समय सीमा तोकेको छ ।

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ ।
महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ । सो समितिमा वडा अध्यक्ष ९वा तोकिएको प्रतिनिधि०, विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा निरीक्षक तथा विद्यालय व्यवस्थापन समितिका एक अभिभावक प्रतिनिधि रहनुपर्नेछ ।

छात्रवृत्तिको विवरण महानगरको वेबसाइट मबतबअयििभअतष्यल।पबतजmबलमग।नयख।लउ मार्फत पठाउन भनिएको छ ।

साथै विद्यालयहरूले सूचना पाटीमा छात्रवृत्तिको सूचना टाँस गर्न र इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवेदन दिन सक्ने व्यवस्था गर्न महानगरले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij