२०८३ साउन १२ मंगलबार

कोशी गाँउपालिकामा आगलागीबाट ६० लाख रुपैयाँ बराबरको क्षति

ई आर्थिक    शुक्रबार, बैशाख ५ २०८२
1.9K
Shares
कोशी गाँउपालिकामा आगलागीबाट ६० लाख रुपैयाँ बराबरको क्षति

ई-आर्थिक, काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-६ मा बिहीबार आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो। जसमा ६० लाख रुपैयाँबराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँबराबरको क्षति भएको उनले जानकारी दिए।

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख रुपैयाँ नगद नै जलेर नष्ट भएको छ। त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij