ई-आर्थिक, काठमाडौं । २०८१ सालको अन्तिम दिन सुनको मूल्यले तेस्रो पटक एतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो ।
यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।
यसअघि गएको शुक्रबार पनि सुन उच्च मूल्य प्रतितोला एक लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।
सुनको मूल्य गत बैशाखमा १ लाख ३६ हजार ८ सय रुपैयाँमा भएकोमा एक वर्षमा सुनको मूल्य ४९ हजार २ सय रुपैयाँले बढेको छ ।