२०८३ साउन १२ मंगलबार

लुम्बिनी विकास कोष र पशुपति क्षत्र विकास कोष राष्ट्रिय गौरवका आयोजनाबाट हट्दै

ई आर्थिक    शुक्रबार, चैत्र २९ २०८१
5.8K
Shares
लुम्बिनी विकास कोष र पशुपति क्षत्र विकास कोष राष्ट्रिय गौरवका आयोजनाबाट हट्दै

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास कोष र पशुपति क्षत्र विकास कोषलाई राष्ट्रिय गौरवका आयोजनाबाट हट्ने भएका छन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ती दुई आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाबाट हटाउन सिफारिस गरेको हो ।

आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा ती दुई कोषलाई यो सूचीबाट हटाउन भनेको हो । यी सालबसाली आयोजना भएको भन्दै राष्ट्रिय गौरवमा नराख्न भनिएको हो ।

लामो समयसम्म सम्पन्न हुन नसकेका र कार्यान्वयनमा रहेका गौरवका आयोजनाको प्राथमिकीकरण गरी यस्ता आयोजना ५ वर्षभित्र सम्पन्न गर्न समेत आयोगले सुझाव दिएको छ । मध्यम अवधि १ देखि ३ वर्षभित्र सकिने र प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिन समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij