२०८३ साउन ९ शनिबार

स्थायी लेखा नम्बर खातामा अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

ई आर्थिक    बुधबार, चैत्र २७ २०८१
5.1K
Shares
स्थायी लेखा नम्बर खातामा अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

ई-आर्थिक, काठमाडौं ।  एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ ।

ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको शाखा कार्यालयबाट समेत प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।

उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा करकट्टीको विवरण मिलान गर्ने बैंकको भनाइ छ ।

जसले गर्दा ग्राहक करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले इ–टिडीएसमा ब्याजकर दाखिला नभएको र ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij