२०८३ साउन १२ मंगलबार

राजावादीहरुको प्रदर्शनले तनावग्रस्त बन्यो तिनकुने क्षेत्र, अराजक बन्दै उत्रिए तोडफोडमा

ई आर्थिक    शुक्रबार, चैत्र १५ २०८१
3.8K
Shares
राजावादीहरुको प्रदर्शनले तनावग्रस्त बन्यो तिनकुने क्षेत्र, अराजक बन्दै उत्रिए तोडफोडमा

ई-आर्थिक, काठमाडौं । राजवादीहरुको प्रदर्शनले  तिनकुनै क्षेत्र अस्तव्यस्त भएको छ । राजवादीहरु अराजक बन्दै निजी घरहरु तोडफोड गरेका छन्। तीनकुनेमा भेला भएका पूर्वराजाका समर्थकहरू र प्रहरीबिच भडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको छ, स्थिति अहिले तनावपूर्ण नै छ ।

राजवादी समर्थकहरुले  एउटा घरमा आगजनीसमेत गरेका छन् ।

राजावादीकाे प्रदर्शनका कारण  तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले  पछि हवाई फायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij