२०८३ साउन १० आइतबार

अनलाइन जुवा खेलाउने ११ जना भारतीय बुढानिलकण्ठबाट पक्राउ, २ अर्बको कारोबार

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
5.2K
Shares
अनलाइन जुवा खेलाउने ११ जना भारतीय बुढानिलकण्ठबाट पक्राउ, २ अर्बको कारोबार

ई-आर्थिक, काठमाडौं । अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय नागरिकहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने तथा खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ ।

साथै उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने तथा खेलाउने कार्य गरेको प्रहरीले जानकारी दियो साथै उनीहरुसंग  रु  ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij