२०८३ साउन ९ शनिबार

चार करोड लगानी बनेको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन

ई आर्थिक    बिहिबार, चैत्र ७ २०८१
6.6K
Shares
चार करोड लगानी बनेको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन

ई-आर्थिक, तनहुँ । जिल्लाको व्यास नगरपालिका-१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ। शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो।

तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत १२ करोड रूपैयाँ विनियोजन गरेको थियो। जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो।

उक्त मलमूत्र व्यवस्थापनका लागि मात्रै करिब चार करोड लगानी भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए। नेपाल सरकारको ८५ र १५ प्रतिशत स्थानीय तहको लगानीमा मलमूत्र व्यवस्थापन केन्द्र निर्माण गरिएको हो। निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले निर्माणबापत अझै ८० लाख रूपैयाँ पाउन बाँकी रहेको जनाएको छ।

निर्माणसम्पन्न भएपछि व्यास नगरपालिकालाई हस्तान्तरण नगर्दा सो केन्द्र प्रयोगविहीन बन्न पुगेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।

‘संघीय सरकारबाट सुरु गरेको योजना त्यही वर्ष सम्पन्न हुनुपर्नेमा अर्को वर्ष मात्रै सम्पन्न भयो, संविधान निर्माण भएपछि कसको जिम्मा रहने भन्ने अन्योलले अलपत्र बन्न पुगेको हो’, उनले भने।

नगरप्रमुख न्यौपानेले बनेको संरचनालाई प्रयोगमा ल्याउन नगरपालिका गम्भीर रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij