ई-आर्थिक, काठमाडौं । नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्पारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्पारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो SMS सेवा प्रदायकको रुपमा स्थापना गरेको छ।
आफ्नो विकसित र उच्च प्रविधिको एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल स्पारो एसएमएसले को सुरुवात भने चुनौतीपूर्व रहेको थियो। देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभाव को बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न स्पारो एसएमएसले लोडसेडिङको तालिका एसएमएस मार्फत नै जानकारी पाउने सेवा सुचारु गर्यो। यो सेवा निकै लोकप्रिय र उपयोगी साबित भयो। त्यसै समय आफ्नो एसएलसी(अहिले SEE)को नतिजा हेर्न देशको राजधानी काठमाडौँमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई तीन दिन पछि मात्र थाहा पाउने समस्या को समयमा एसएमएस मार्फत आफ्नो नतिजा एक एसएमएस मा नै हेर्ने सेवा सुचारु गर्यो यो सेवाले SEE दिने विद्यार्थी तथा अभिभावकहरूमा स्पारो एसएमएसले एक विश्वसनीय नाम साबित रह्यो । यो सेवा अहिले पनि एसईई दिने विद्यार्थी तथा अभिभावक माझ एकदमै लोकप्रिय छ।
त्यस्तै वैदेशिक रोजगारमा जानेहरूका लागि उनीहरू ठगीमा नपरुन् भनेर आफ्नो श्रम स्वीकृति एसएमएस मार्फत जाँच्ने तथा २०७२ को भूकम्प को समयमा राहत वितरण सहजीकरणमा पनि smsको प्रयोग त्यस्तै मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजनाहरू सुचारु गरी समाजलाई जोड्ने र सहयोग पुर्याउने काममा स्पारो एसएमएसलेलागि परेको छ । यस साथै स्पारो एसएमएसले ७००० भन्दा बढी व्यवसायहरूलाई आफ्ना ग्राहकसँग प्रत्यक्ष जोड्नको लागि बल्क एसएमएस सेवा, एसएमएस एपीआई सेवा प्रदान गरी सस्तो र भरपर्दो माध्यमबाट व्यवसाय र ग्राहकलाई जोड्ने काम गरेको छ ।
कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नवीन प्रविधि प्रयोग गरी आज वार्षिक २५० मिलियन भन्दा बढी एसएमएस पठाउने गर्दछ। विश्वमा बढ्दो मोबाइल प्रयोग सँगै स्पारो एसएमएसले आफ्नो सेवालाई पनि विस्तार गर्दै भाइबर बिजनेस मेसेजिंग् वाटस्एप बिजनेस मेसेजिंग, आर्टिफिसिअल इन्टेलिजेन्स जडित आवज प्रसारण र मिस्ड कल मार्केटिङ जस्ता आधुनिक सेवाहरु समेटेको छ यी पहल र सेवाहरू मार्फत कम्पनीले व्यवसायको वृद्धिलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक प्रभाव पार्न सफल भएको छ ।
जसरी प्रविधि अगाडि बढिरहेको छ व्यवसायहरूले आफ्ना ग्राहकहरुसँग पनि डिजिटल प्रणाली बाट प्रभावकारी तरिकामा सञ्चार तथा संवाद गर्न आवश्यकता पनि बढेको छ यसरी तीव्र गतिमा विकसित भइरहेको प्रविधि मा संचार केवल सन्देश पठाउने मात्र नभएर सान्दर्भिक र व्यक्तिगत अनुभव प्रधान गर्नु पनि हो भन्ने कम्पनीको बुझाइ रहेको छ।
कम्पनीको १५औं वार्षिक उत्सव को उपलक्ष्यमा यस कम्पनीका सीइओ मनोज थापा भन्छन्: “हामी स्पारो एसएमएसको १५औं वार्षिकोत्सव मनाइरहँदा म सम्पूर्ण ग्राहक, शुभचिन्तक, टेलिकम पार्टनर तथा कम्पनीमा खटिने कर्मचारी साथीहरूमा कृतज्ञता व्यक्त गर्न चाहन्छु। वर्षले हामी १५ लागे पनि यो हाम्रो लागि सुरुवात मात्र हो। कम्पनीको प्राथमिकता ग्राहक केन्द्रित रहेर नविनतम प्रविधि हरूलाई प्रयोग गरी सेवा विस्तार गर्दै लैजान रहेकोले अझै गर्नु पर्ने काम धेरै रहेको र भबिस्य मा पनि साथ र सहयोग रही रहोस । हाम्रो यात्रामा सहयोगी पात्र हुनुभएकोमा धेरै धन्यवाद।”
१५ औं वार्षिक उत्सवको उपलक्ष्यमा सेवामा जोडिनु हुने ग्राहकहरूले स्पारो एसएमएस प्ल्याटफर्म जीवनभर निःशुल्क प्रयोग गर्न पाउनुहुनेछ । साथै यस अवसरमा कम्पनीले विभिन्न अफरहरू पनि ग्राहकहरूको लागि ल्याएको छ। थप जानकारीको लागि, www.sparrowsms.com भ्रमण गर्नुहोस् वा ९८०२००५००७ मा फोन गर्न सकिन्छ ।