२०८३ साउन १२ मंगलबार

चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड रूपैयाँ राजस्व संकलन

ई आर्थिक    मंगलबार, चैत्र ५ २०८१
2.7K
Shares
चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड  रूपैयाँ राजस्व संकलन

ई-आर्थिक,दाङ ।  आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २५ करोड ८२ लाख ८१ हजार रूपैयाँ बढी अर्थात् २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको राजस्व कार्यालय प्रमुख श्रीधर टन्डनले जानकारी दिए।

चालु आवको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व संकलन गरिएको उनको भनाइ छ। कार्यालयले चालु आर्थिक वर्षमा एक अर्ब ७२ करोड ८७ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

आन्तरिक राजस्व कार्यालय दाङको कार्यक्षेत्र दाङसहित रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र प्युठान जिल्ला रहेको छ।

सल्यानमा करदाता सेवा कार्यालयसमेत रहेको छ। जसले रुकुम पूर्वी भाग र रुकुम पश्चिममा सेवा प्रदान गर्दै आएको छ। त्यस्तै चकचकेमा रहेको करदाता सेवा कार्यालयले प्युठान जिल्लामा सेवा प्रवाह गरिरहेको छ।

तुलसीपुर कार्यालयमार्फत दाङका १० स्थानीय तह र रोल्पाका तीन स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ। पटकपटक छुटको अफर आउँदा पनि कर तिर्न नआउने गरेको प्रमुख टन्डनले बताए। उनका अनुसार फागुन मसान्तसम्म शुल्क, ब्याज र जरिवाना छुट गरिएको थियो।

आयकर ऐन, बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा आय विवरण पेस गर्नुपर्ने व्यवस्था छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij