२०८३ साउन १० आइतबार

सुनको मूल्यमा एतिहासिक रेकर्ड, तोलामा एक हजार एकसयले बढोत्तरी

ई आर्थिक    मंगलबार, चैत्र ५ २०८१
4.2K
Shares
सुनको मूल्यमा एतिहासिक रेकर्ड, तोलामा एक हजार एकसयले बढोत्तरी

ई-आर्थिक,काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले एतिहासिक रेकर्ड कायम गरेको छ ।  बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे हो । आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर एतिहासिक रेकर्ड  बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो सोमबार सोमबारको सुनको मूल्य  प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

गत चैत १ गते शुक्रबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे। साे दिन सुन प्रतिताेला एक लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे। सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। साथै फागुनमा  १३ गते पनि  १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो।

साथै आज  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

 

 

 

 

सुनको मूल्यमा एतिहासिक रेकर्ड, कतिमा हुदै कारोबार ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij