ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/२०८२ को चैत्र महिनाको वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले माघ, फागुन जस्तै चैत्रमा पनि निक्षेपको ब्याजदर स्थिर राखेका छन्।
बैंकहरुले चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको व्याजदर मध्ये ३ वटा बैंकले व्याजदर घटाएका छन् ।
वाणिज्य बैंकको फागुन महिनामा औषत ६.०१ प्रतिशत रहेको ब्याजदर छ भने चैत महिनाको लागि घटेर ५.९३ प्रतिशतमा झरेको छ ।
एनआईसी र एनएमबीले चैत महिनाको लागि ६.६ प्रतिशत ब्याजदर तोकिएको छ । साथै , स्ट्याण्डर्ड चार्टर्स बैंकको ६.२५ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र माच्छापुच्रे बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यस्तै, न्यूनतम् व्याजदर लक्ष्मी सनराइज बैंकको ४.७५ प्रतिशत रहेको छ । लक्ष्मी सनराइजले फागुन महिनाको तुलनामा व्याजदर घटाएको हो । त्यसैगरी हिमालयन बैंक र नेपाल बैंकले दुवैले ब्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेका छन् ।
प्राइम कमर्सियल बैंक ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक ६.५ प्रतिशत, एभरेष्ट बैंक ६ प्रतिशत, नविल बैंक ५.७५ प्रतिशत, कुमारी बैंक ५.८१ प्रतिशत, नेपाल एसबीआई बैंक ५.५ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले चैत महिनाको लागि ६ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै बैंकहरूले निरन्तररुपमा ब्याजदर घटाउँदै आएका थिए। अर्थतन्त्र संकुचित हुँदा खराब कर्जा बढेको र केही बैंकहरूको पुँजीकोषमा दबाब परेकाले कर्जा प्रवाह बढ्न नसकेको भन्दै ब्याजदर घटाइरहेका छन्।
निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको कर्जाको ब्याजदर पनि घटेको छ। निक्षेपको लागत र आधार दरमा कमी आएकाले पछिल्लो समय बैंकहरूको औषत कर्जाको ब्याजदर ८.५५ प्रतिशतमा आएको छ।
बैंकहरूले ३ प्रतिशतमा राष्ट्र बैंकमा निक्षेप राख्नुभन्दा लागत (आधार दर) मै कर्जा प्रवाह गर्दा फाइदा हुने भन्दै प्रिमियम दर नै नजोडी कर्जा प्रवाह गरिरहेका छन्। बढी जोखिम भएका क्षेत्रहरूमा बैंकले २ प्रतिशत हाराहारीमा प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेकाले अधिकांश कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा तल आएको छ।
व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तै व्यक्तिगत मुद्दती निक्षेपभन्दा १ प्रतिशत बढी ब्याजदर रेमिट मुद्दती निक्षेपमा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
कुन बैंकको ब्याजदर कति ?
