२०८३ साउन ११ सोमबार

नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी दुई विधेयक प्रतिनिधिसभामा पेस

ई आर्थिक    मंगलबार, फाल्गुन १३ २०८१
4.6K
Shares
नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी दुई विधेयक प्रतिनिधिसभामा पेस

ई-आर्थिक,काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउनेसम्बन्धी दुईवटा विधेयक प्रस्तुत गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरे।

लामो समयदेखि प्राधिकरण टुक्राउने विषयमा छलफल भए पनि विधेयक अगाडि बढ्न सकेको थिएन।

नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउनेलगायतका विषयसमेतमा सो विधेयकको आवश्यकता महसुस गरिँदै आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij