ई-आर्थिक, काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदकालागि प्रतिस्पर्दा चलिरहेको छ । नेपाल बीमा प्राधिकरणले अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरेको छ । प्राधिकरणको अध्यक्ष सिफारिस समितिले ३ जनाको नाम सर्टलिष्ट गर्दै नाम सिफारिस गरेको जनाएको छ ।
सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको छ ।
छनौट समितिले सोमबार १२ जनाबाट ५ जनाको नाम छानेको हो । बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले सर्ट लिष्टिङमा पाँचजनाको सर्टलिष्टिङमा पत्रकारदेखि पूर्वसचिव सम्म रहेका छन् । सिफारिस समितिले आवेदन दिएका ५ जनामध्ये ३ जना सिफारिसमा परेका हुन् ।
कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्तापछि तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने समितिले बतायो । अव तीन जनामध्ये एक जना अध्यक्ष बन्नेछन् ।
सर्टलिष्टमा परेका ओझा अध्यापन गराउछन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् ।
बीमा प्राधिकरण अध्यक्षको सर्ट लिष्टङमा पत्रकारदेखि पूर्वसचिवसम्म, समितिको बागडोर कसको हातमा पुग्ला ?