२०८३ साउन १० आइतबार

भक्तपुर चाँगुनारायण स्वेलडाँडा सडक स्तरोन्नति सुरू, ३ करोड समपूरक बजेट

ई आर्थिक    सोमबार, फाल्गुन १२ २०८१
2.9K
Shares
भक्तपुर चाँगुनारायण स्वेलडाँडा सडक स्तरोन्नति सुरू, ३ करोड समपूरक बजेट

ई-आर्थिक, भक्तपुर ।   चाँगुनारायण नगरपालिका-१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडक स्तरोन्नतिको आज शिलान्यास गरे।

बागमती प्रदेश सरकारको एक करोड ५० लाख रूपैयाँ र चाँगुनारायण नगरपालिकाको एक करोड ५० लाख रूपैयाँ गरी समपूरक शीर्षकअन्तर्गत उक्त सडक स्तरोन्नति गर्न थालिएको हो।

नगर प्रमुख खत्रीले दुवाकोटको विकट मानिने स्वेलडाँडाअन्तर्गतको सडक स्तरोन्नतिको काम भइरहेको बताए। बाँकी सडक पनि चालु आर्थिक वर्षभित्र स्तरोन्नति गरिने उनको भनाइ छ। नगर प्रमुख खत्रीले निर्माण व्यवसायीलाई निर्धारित समयमै सडक निर्माणको काम पूरा गर्न आग्रह गरे।

चाँगुनारायण-१ दुवाकोट सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले समपूरक बजेटअन्तर्गत प्रदेश सरकार र नगरपालिकाको लागतमा निर्माण हुने यो सडकले स्थानीयको जनजीवन सहज हुने बताए। उक्त सडक आउँदो असारभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij