२०८३ साउन ९ शनिबार

अण्डाको मूल्य घट्यो, कति पर्छ प्रतिक्रेट?

ई आर्थिक    बिहिबार, फाल्गुन ८ २०८१
4.8K
Shares
अण्डाको मूल्य घट्यो, कति पर्छ प्रतिक्रेट?

ई-आर्थिक, काठमाडौं । बजारमा अण्डाको मूल्य  घटेको छ। आज अण्डाको प्रतिक्रेटमा ३५ रूपैयाँले घटेको नेपाल लेयर्स कुखुरापालक संघले बताएको छ । संघका अनुसार अव प्रति क्रेटको  मूल्य ३५० रूपैयाँ पुगेको हो, पहिला प्रतिक्रेट अण्डा ३८५ रूपैयाँ थियो।

नयाँ मूल्य शुक्रबारदेखि लागू हुने संघले जनाएको छ । भारतबाट लुकीछिपी भित्र्याएको कारण मूल्य घटाएको संघले जानकारी दियो ।

त्यसैगरी, ठूलो अण्डाको मूल्य पनि ३० रूपैयाँले घटेर ३७० रूपैयाँ भएको छ । अघिल्लो मूल्य ४ सय रूपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij