ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/२०८२ को माघ महिनासम्म निर्यात व्यापार ४६.५० प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा १ खर्ब २७ अर्ब २० करोड बढीको सामान निर्यात भएको छ । गत वर्षको ८ महिनामा ८६ अर्ब ८३ करोड वस्तुको निर्यात भएकोमा यस वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यस्तो निर्यात गत वर्षको तुलनामा यो वर्षको पहिलो सात महिनामा उल्लेखिय बृद्धि भएको हो ।
चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक व्यापार बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको हो । माघ मसान्तसम्ममा १ खर्ब १५ अर्ब रुपैयाँको वस्तु व्यापार भएको छ। भने गत वर्षको माघ मसान्तसम्ममा ९ खर्ब ८५ अर्ब रुपैयाँबराबरको वस्तु व्यापार भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार माघ मसान्तसम्मको विवरण अनुसार माघ महिनामा मात्रै २९ अर्ब बराबरको निर्यात व्यापार भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १०.०९ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको माघ मसान्तसम्ममा ८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वस्तु आयात यस वर्ष बढेर ९ खर्ब ८८ अर्ब पुगेको छ। यस्तै यस अवधिमा निर्यात पनि ४६.५ प्रतिशतले बढेको हो ।
नेपालमा पछिल्लो सात महिनामा १ खर्ब ५० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तो आयातमा सबैभन्दा बढी डिजेल रहेको हो ।
नेपालमा पछिल्लो सात महिनामा ६६ अर्ब रुपैयाँको डिजेल, ३७ अर्ब रुपैयाँको पेट्रोल ३५ अर्ब रुपैयाँको ग्यास र ११ अर्ब रुपैयाँको हवाई इन्धन आयात भएको छ ।