२०८३ साउन ९ शनिबार

अमेरिकाले एमसीसी रोकेपछि नेपालमा थुप्रै परियोजनाहरु प्रभावित

ई आर्थिक    बुधबार, फाल्गुन ७ २०८१
4.3K
Shares
अमेरिकाले एमसीसी रोकेपछि नेपालमा थुप्रै परियोजनाहरु प्रभावित

ई–आर्थिक, काठमाडौं । अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग रोकेपछि नेपालमा धेरै महत्वपूर्ण परियोजनाहरू प्रभावित भएका छन्।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा भएको सम्झौता अनुसार नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण सुरु गरिएको थियो। साथै, पाँचवटा सडकहरूको स्तरोन्नति पनि यस परियोजनाअन्तर्गत भइरहेको थियो। तर, सहयोग रोकिएसँगै यी सबै आयोजनाहरूमा अवरोध आएको छ।

मंगलबार अर्थ मन्त्रालयले ९० दिनका लागि एमसीसी रोकेको जानकारी दिएको छ। मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “एमसीसीले फागुन २ गतेको इमेलमार्फत जनवरी २०, २०२५ मा अमेरिकी राष्ट्रपतिद्वारा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशअनुसार नेपालमा भइरहेका आयोजनाहरूका लागि फण्ड रोकेको छ।”

यसअघि अमेरिकाले युएसएड अन्तर्गतका सबै सहयोग पनि स्थगित गरिसकेको थियो। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार एमसीसीको पत्र फागुन २ गते नै प्राप्त भएको थियो, तर जानकारी आज सार्वजनिक गरिएको हो।

सम्झौताअनुसार, कुनै एक पक्षले ९० दिनको सूचना दिएर सम्झौता रद्द गर्न सक्छ। तर, अमेरिकाले तत्काल प्रभावले सहयोग स्थगित गरेको छ, जसले परियोजनाहरूमा ठूलो असर पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij