२०८३ साउन १० आइतबार

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    मंगलबार, फाल्गुन ६ २०८१
2.6K
Shares
सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं । सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

दिनेशले सशस्त्र प्रहरी बल नेपालका ७ जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको भन्ने सूचना प्राप्‍त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij