२०८३ साउन १० आइतबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदै कारोबार?

ई आर्थिक    सोमबार, फाल्गुन ५ २०८१
2K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदै कारोबार?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । हिजो दुई हजार ७०० ले घटेको सुन आज फेरी बढोत्तरी भएको छ ।

आज नेपाली बजारमा सुन र चाँदी मूल्य बढेको छ । कारोबारको दोस्रो दिन आज  सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतायो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दियो ।

साथै, चाँदीको मूल्यपनि  प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदै कारोबार?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij