फलोअप
ई-आर्थिक,काठमाडौं । बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सकिएको छ । काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरि आज मर्मतको काम २० घन्टामा सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए ।
निर्देशक पौडेलका अनुसार बबरमहल क्षेत्रमा पाइपमा पानी परीक्षणको काम भइरहेको छ । पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौं, उनले भने
नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको थियो ।
मर्मत सकियो अव पानी परीक्षण गरेर पुन: पानी बितरण प्रक्रिया सुरु गर्नेछौ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक पौडेलले बताए ।
हिजो विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको थियो । बबरमहल क्षेत्र जलमग्न हुदाँ विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।