२०८३ साउन ११ सोमबार

राजस्व चुहावटका घटना बढ्दो, ६ महिनामा ६८ करोड मागदाबीसहित ८ वटा मुद्दा दर्ता

ई आर्थिक    बिहिबार, माघ २४ २०८१
2.1K
Shares
राजस्व चुहावटका घटना बढ्दो, ६ महिनामा ६८ करोड मागदाबीसहित ८ वटा मुद्दा दर्ता

ई-आर्थिक, पर्सा ।  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेको बताएको छ। कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ७३ लाख रूपैयाँ मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठवटा मुद्दा दर्ता गरेको छ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ५४ लाख रूपैयाँ मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो।

उक्त कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताए।

कार्यालयले चालु आवको ६ महिनामा चुहावट धरौटी रकम दुई करोड ९८ लाख रूपैयाँ संकलन गरेको छ।

गत आवको सोही अवधिमा एक करोड ५२ लाख धरौटी राज्य कोषमा दाखिला भएको थियो। साथै गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भीसीटीएस जरिवाना रकम पनि १२ लाख ४३ हजार रूपैयाँभन्दा बढी संकलन भएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij