२०८३ साउन ११ सोमबार

कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो

ई आर्थिक    शुक्रबार, माघ १८ २०८१
16K
Shares
कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो

ई-आर्थिक, काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा शुक्रबार लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त लगानी सम्झौता एम. ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि बिकास बैंक लगायतका बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुको १५ अर्ब १८ करोड ७५ लाख रूपैयाँको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । यसका साथै, डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक Due Diligence Study अगाडि बढाएको कम्पनीका अध्यक्षले बताएका छन् । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत् सेतीखोला जलबिद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कार्तिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति (RCOD) २०८६ साल बैशाख २२ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (EIA) स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताएका छन् । आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०-१३२ केभी मा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij