ई-आर्थिक, काठमाडौं । पशुपति विकास कोषको गेटमा सरसफाईकर्मीहरु धर्नामा बसेका छन् । उनीहरु विकास कोषको गेटमा विगत ३७ दिनदेखि धर्नामा बसिरेहका छन् ।
उनीहरु पशुपति विकास कोषले गैरकानुनी रुपमा निकालिएपछि उनीहरु अदालतमा गएका थिए भने अदालतले पुस १ गतेदेखि सरसफाइमा कार्यरत ३७ जना श्रमिकलाई गैरकानुनी रूपमा निकालिएकोमा श्रम अदालत भक्तपुरले श्रमिकलाई काममा लगाउन दिएको आदेश अवज्ञा गरि श्रमिकलाई काम गर्न नदिएपछि ३७ दिनदेखि कोषको मुल गेटमा श्रमिकहरुको धर्ना बसिरहेको श्रमिकहरुले ई-आर्थिकलाई बताए ।
धर्नामा बसेका श्रमिकलाई मंगलवार राष्ट्रिय सभाका सांसद जयन्ती राई, गोमादेवी तिमल्सिना, गरिमा शाह तथा पूर्व सांसद कल्याणी खड्कासहितका महिला नेतृहरु एकेबद्धता जनाएका छन् ।
नेकपा एकिकृत समाजवादीको उपाध्यक्ष समेत रहेकी राईसँगै सहितले पशुपति क्षेत्र विकास कोषले सरसफाईमा कार्यरत ३७ श्रमिकलाई निश्कासन गरेको विरोधको जनाएको छ ।
सांसद राईले भएका श्रमिकलाई गैरकानुनी ढंगले निस्कासन गर्ने अदालतको आदेश नमान्ने र बाह्य कम्पनीमार्फत श्रमिक राखेर सरसफाईको काम भएकोमा आफूहरुको आपत्ति रहेको र सदनमा कुरा राख्ने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले निजी तीन वटा निजी कम्पनीसँग सम्झौता गरी सरसफाईको काम गराईरहेको छ ।