२०८३ साउन ९ शनिबार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदै कारोबार?

ई आर्थिक    आइतबार, माघ ६ २०८१
3K
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदै कारोबार?

ई-आर्थिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु. आठ सय र चाँदी प्रतितोला रु.३० घटेको हो ।

गत शुक्रबार प्रतितोला रु. एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रु. एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रु. एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij