२०८३ साउन १० आइतबार

नेपाल एसबिआई बैंकद्वारा ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

ई आर्थिक    मंगलबार, पौस २३ २०८१
5.6K
Shares
नेपाल एसबिआई बैंकद्वारा ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि रु १०  लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष, श्री जयती बन्सलले श्री ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री प्रशुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार दे, संचालक, श्री पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, श्री रितेश सिन्हा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij