२०८३ साउन ९ शनिबार

सिद्धार्थ बैंकद्वारा “प्लाटिनम क्रेडिट कार्ड” सञ्चालनमा

ई आर्थिक    बिहिबार, पौस ४ २०८१
7.4K
Shares
सिद्धार्थ बैंकद्वारा “प्लाटिनम क्रेडिट कार्ड” सञ्चालनमा

ई-आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।  जुन भिसाद्वारा जारी गरिने विशिष्ट  श्रेणीको कार्ड हो ।

यस कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, श्री सुन्दर प्रसाद कडेलद्धारा सार्वजनिक गरिएका थिए ।

कार्ड प्रयोग गर्ने ग्राहकहरुले पाउने सुविधा

यो कार्ड प्रयोग गर्ने गा्रहकहरुले पाउने सुविधाहरु निम्नानुसार रहेका छन् ।
* प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्ट  lounge  मा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् ।
*  ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि Uno मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट पाप्त गर्न सकिन्छ  ।
* यो कार्ड priority  बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने ग्राहकहरुले  बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन् ।
*  प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ ।
*  उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरुलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।

प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउँने विश्वास बैंकले लिएको छ ।

यस कार्ड र यसका सुविधा बारे विस्तृत जानकारी पाउनको लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सक्नेछन्  ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij