२०८३ साउन ९ शनिबार

कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

ई आर्थिक    बिहिबार, पौस ४ २०८१
3.9K
Shares
कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

ई-आर्थिक, काठमाडौं ।  कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो यस्तै, बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij