२०८३ साउन १० आइतबार

बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सिईओ कोइराला निर्विरोध निर्वाचित

ई आर्थिक    बुधबार, पौस ३ २०८१
4.8K
Shares
बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सिईओ कोइराला निर्विरोध निर्वाचित

ई-आर्थिक, काठमाडौं । नेपाल बैंकर्स संघले नयाँ नेतृत्व पाएको छ नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । आज  सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । यहअघि सिईओ कोइराला  संघका उपाध्यक्षको भूमिकामा रहेका थिए ।

साथै बैंकर्स संघको उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी  निर्विरोध चुनिएका छन्। संघका तीन रिक्त सदस्य पदमा पनि निर्विरोध चयन भएको छ । संघका सदस्यहरुमा  एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा चयन भएका छन् ।

अन्य दुई सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्वाचित भएका छन् ।

संघको नयाँ कार्यसमितिमा अध्यक्ष सन्तोष कोइराला, उपाध्यक्ष  सुरेन्द्र रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रुपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तिलकराज पाण्डे छन् ।

सल्लाहकारको भूमिकामा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij