२०८३ साउन १० आइतबार

के भयो भने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न सक्छ, सजायको व्यवस्था के छ

ई आर्थिक    बुधबार, पौस ३ २०८१
6.6K
Shares
के भयो भने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न सक्छ, सजायको व्यवस्था के छ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि तीनवटा अभियोगमा मुद्दा चलाउन माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको कास्की प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि सहकारीको रकम अपचलन तथा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सजायको माग गरिएको हो।

कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले “अनुसन्धान प्रतिवेदनको साथमा विभिन्न निकायबाट प्राप्त दस्तावेजहरू” पनि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको बताएका छन्।

प्रहरीको प्रतिवेदन अध्ययन गरेर कस्तो अभियोगपत्र कहिले दायर गर्ने भन्ने निर्णय गर्ने सरकारी वकिल कार्यालयका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij