२०८३ साउन १२ मंगलबार

नायब सुव्बा यादव र साह अख्तियारको नियन्त्रणमा

ई आर्थिक    सोमबार, पौस १ २०८१
3K
Shares
नायब सुव्बा यादव र साह अख्तियारको नियन्त्रणमा

ई-आर्थिक, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिइगएको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहलाई नियन्त्रणमा लिएको छ ।

प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नायव सुब्बा यादवले सवारी ज्यान कसुर मुद्दामा मृतक (पीडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति वापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएसँगै यादव र साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००्र– (बीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij