२०८३ साउन १० आइतबार

सरकारले पाँच महिनामा ४० अर्ब पुँजीगत खर्च गर्दा, ४ खर्ब ५ अर्ब राजस्व संकलन

ई आर्थिक    सोमबार, पौस १ २०८१
2.5K
Shares
सरकारले पाँच महिनामा ४० अर्ब पुँजीगत खर्च गर्दा,  ४ खर्ब ५ अर्ब राजस्व संकलन

ई-आर्थिक, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड ६ लाख रूपैयाँमात्रै खर्च भएको छ।

चालुगत शीर्षकमा मङ्सिर मसान्तसम्मको खर्च ३१ दशमलव ८७ प्रतिशत छ। यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ विनियोजन भएकोमा हालसम्म तीन खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रूपैयाँ बराबर खर्च भएको हो।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४१ दशमलव ३२ प्रतिशत खर्च भएको छ। मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो। उक्त शीर्षकमा हालसम्म एक खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख रूपैयाँ बराबर खर्च भएको हो।

मङ्सिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत अर्थात् चार खर्ब पाँच अर्ब ७७ करोड ३० लाख रूपैयाँ राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।

त्यस्तै, यसवर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म कुनै पनि अनुदान लिएको देखिँदैन। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij