२०८३ साउन १० आइतबार

रवि लामिछानेलाई आज वीरगन्ज लगिदै, बचत अपचलनको आरोपमा बयान लिइने

ई आर्थिक    सोमबार, मंसिर २४ २०८१
4K
Shares
रवि लामिछानेलाई आज वीरगन्ज लगिदै, बचत अपचलनको आरोपमा बयान लिइने

ई–आर्थिक, काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज वीरगन्ज लगिने भएको छ ।

वीरगन्जको सानो पाइला सहकारीको बचत अपचलनको आरोपमा बयानका लागि लामिछानेलाई लैजान लागिएको हो ।

कास्की प्रहरीको हिरासतमा पोखरामा रहेका लामिछानेलाई जहाजमार्फत् काठमाडौं ल्याएर यहाँबाट पुन: जहाजबाटै सिमरामा लगिने छ । त्यहाँबाट भने गाडि मै राखेर उहाँलाई वीरगन्ज लगिने भएको हो ।

वीरगन्जमा जिल्ला सरकारी वकिलको कार्यालयको रोहवरमा बयान लिएपछि लामिछानेलाई पुन: पोखरा पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij