२०८३ साउन १० आइतबार

धितोपत्र बोर्डका अध्यक्षले दिए आइपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन निर्देशन, ४८ अर्ब ५८ करोड आइपीओ आउने

ई आर्थिक    मंगलबार, मंसिर १८ २०८१
2.3K
Shares
धितोपत्र बोर्डका अध्यक्षले दिए आइपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन निर्देशन, ४८ अर्ब ५८ करोड आइपीओ आउने

ई-आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पाइपलाइनमा रहेका कम्पनीहरुको आइपिओ निष्काशनको फाइल अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष श्रेष्ठले कर्मचारीहरु सँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।

हाल नेपाल धितोपत्र बोर्डमा ७६ वटा कम्पनीहरु आइपिओ निष्काशनको पाइपलाइनमा छन् । बोर्डको अध्यक्ष नहुँदा एक वर्षदेखि आइपिओ निष्काशनको अनुमति बन्द थियो । कतिपय कम्पनीहरुले अध्यक्ष नभएको भन्दै प्रक्रिया समेत अगाडी बढाएका थिएनन् । विच विचमा अर्थमन्त्रालयका प्रतिनिधिले कार्यबहाक अध्यक्षको भुमिका निर्वाह गरे पनि कसैले पनि अनुमति दिने आट गर्न सकेका थिएनन् ।

यस अगाडी अर्थसमितिको निर्देशन अनुरुप धितोपत्र निष्काशन नियमावली संशोधन हुन बाँकी छ भन्दै बोर्डले अनुमति दिएको थिएन । सरकारले चार वर्षका लागि पुर्ण अधिकारी सहितको कार्यकारी अधिकृत नियुक्त गरे सँगै अव बोर्डले आफ्ना सम्पुर्ण प्रक्रिया अगाडी बढाउने छ ।

हाल धितोपत्र बोर्डमा ७६ वटा कम्पनीले ४८ अर्ब ५८ करोडको आइपिओ पाइपलाइनमा छन् । यति ठुलो आइपिओ एकै पटक निष्काशन गर्ने अनुमति दियो भने लगानीकर्ताहरुलाई आवेदन दिनै समस्या पर्ने देखिएको छ ।

 कुन समुहबाट कुन कम्पनीले कति आइपिओ आउदै

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ७६ कम्पनीहरु मध्ये होटल तथा पर्यटन क्षेत्रमा ७ वटा, हाइड्रोपावर क्षेत्रमा ३७ वटा, लगानी क्षेत्रमा ३ वटा, उत्पादन तथा प्रशोधन क्षेत्रमा १५ वटा, लघुवित्त क्षेत्रमा १ वटा, लघुबीमा क्षेत्रमा ३ वटा र अन्य क्षेत्रमा १० वटा गरी कुल ७६ वटा कम्पनी आइपीको प्रतिक्षामा रहेका छन् ।

कुल ७६ वटा कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५ सय ९६ रुपैयाँ बराबरको ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छन् ।

नेप्सेले नयाँ नयाँ सेक्टर थप्दै नयाँ आएको आइपीओ सुचीकृत गर्दै लगेको छ । पछिल्लो समय वास्तविक क्षेत्रका कम्पनीहरुको आइपीओ आउने क्रम बढेको छ । लामो समयसम्म ३ वटा मात्रै कम्पनी रहेको होटल समूहमा अहिले नै ६ वटा कम्पनी पुगिसकेको छ भने सेबोनको आइपीओ पाइपलाइनमा ७ वटा कम्पनी होटल समूहका मात्रै छन् ।

उत्पादन तथा प्रशोधन समूहमा मध्ये सेबोजको पाइपलाइनमा भने यो क्षेत्रको १५ वटा कम्पनीले आइपीओ लागि स्वीकृति माग गरेको छ । यो समूहमा १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६ सय ९६ रुपैयाँ बराबरको ९ करोड १६ लाख ७५ हजार ६ सय ८४ कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ ।

होटल समुहबाट ७ वटा कम्पनीले ३ करोड ५३ लाख ६० हजार कित्ता ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको शेयर निष्काशन गर्न निवेदन दिएका छन् ।

हाइड्रोपावर समूहमा ३७ वटा कम्पनीले १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४ सय ६४ कित्ता शेयर निष्काशनको लागि निवेदन परेको छ ।

साथै लगानी समूहतर्फ ३ वटा कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न आवेदन दिएका छन् ।

लघुवित्ततर्फ स्वस्तिक लघुवित्तले ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ भने माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति मागेको छ ।

अन्य क्षेत्रमाबाट १० वटा कम्पनीले ३ अर्ब ३२ करोड २८ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ६५ लाख ६ हजार ४ सय ३५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेका छन् ।

नेप्सेमा हालसम्म नेप्सेमा १९ वटा वाणिज्य बैंक, १६ वटा विकास बैंक, १५ वटा फाइनान्स, ६ वटा होटल तथा पर्यटनका कम्पनी, ९१ हाइड्रोपावर कम्पनी, ७ वटा लगानी कम्पनी, १२ वटा जीवन बीमा कमपनी, १२ वटा निर्जीवन बीमा कम्पनी, ९ वटा उत्पादन तथा प्रशोधनका कम्पनी, ५० वटा माइक्रोफाइनान्स, ६ वटा अन्य क्षेत्र, २ वटा व्यापार क्षेत्र र ३६ वटा म्युचुएल फन्ड गरी २ सय ८१ वटा कम्पनी सूचीकृत रहेका छन् ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले निष्काशन गरेको विभिन्न कम्पनीको ७३ वटा डिबेन्चरहरु समेत नेप्सेमा सूचीकृत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij