२०८३ साउन ११ सोमबार

रवि लामिछानेको बयान सरकारी वकिल कार्यालयमा जारी

ई आर्थिक    आइतबार, मंसिर १६ २०८१
1.9K
Shares
रवि लामिछानेको बयान सरकारी वकिल कार्यालयमा जारी

ई-आर्थिक, काठमाडौं । सहकारी बचत रकम अपचलन प्रकरणको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ  । स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन रविलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको थियो  ।

आइतबार सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ । शुक्रबारदेखि नै उनको बयान सुरु गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो ।

कात्तिक २ गते रविलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो । कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष पछि उनलाई पक्राउ गरिएको थियो ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्धामा रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/ ४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij